
६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज फागुन ७ गते मङ्गलबार इलाम सदरमुकाममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारको कार्यशैलीका कारण ङ्घीयतामा खतरा उत्पन्न भइरहेको तर्फ सचेत हुनुपर्ने बताए ।
थापाले नेपाल कम्युनिष्ट पार्टीको व्यवहार, सोच, सैद्धान्तिक विचलन र अक्षमताका कारणले देशले प्राप्त गरेको संविधान र व्यवस्था एक वर्ष पुग्दा नपुग्दै सङ्कट उन्मुख भएको आरोप लगाए । २००७ साल, २०४६ साललगायत प्रत्येक पटक काङ्ग्रेसले जितेको तर उपलब्धि जोगाउन नसकेको हुँदा युवाहरुको भूमिकाले प्रजातन्त्रको संस्थागत विकासमा महत्वपूर्ण दिशा लिने बताए ।