
इलाम, ५ इलामको नेपालटारमा भईरहेको सातखाल्डे सहिद स्मृति गोल्डकपमा आज दुईवटा सेमिफाइनलका खेलहरु हुँदैछन् । हिजो वर्षाका कारण रोकिएको पहिलो सेममिफाइनल खेल हेलिवोथ फुटबल क्लव र सूर्योदय स्पोटीङ क्लव विच १ वजे बाट हुने छ ।
हेलिवोधले पाँचथर फुटबल क्लवलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको हो भने सूर्योदय स्पोटीङ क्लवले आयोजकलाई हराउँदै सेमिफाइनलमा आफ्नो जग्गा पक्का गरेको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल आजै सन्दकपुर फुटबल क्लव र रेर्ड हर्स इलाम विच हुने छ । सन्दकपुरले जेएफसी झापलाई हराउँदै सेमिफानलमा पुगेको हो भने रेड हर्सले चुलाचुलीलाई हराएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ इलामले आयोजना गरेको खेलको प्रथम पुरस्कार एक लाख पाँचहरुर र देस्रो पुरस्कार ५१ हजार रहेको छ । खेलको प्रथम पुरस्का नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्वर खड्काले प्रदान गरेको आयोजक समितिका अध्यक्ष मन गुरुङले माइपोखरी न्युजलाई वताए ।