![]() |
फायल तस्वीर नेपालटार साखेजुङ इलाम । तस्वीरः मौशम किसोर |
नेपालटार, २८ माघः तात्कालीन पञ्चायतको बिरुद्ध आन्दोलन गर्ने इलामका पाँचजना शहिदहरुलाई आफु मर्ने खाल्डो आफै खन्न लगाएर तात्कालीन सरकारले पुरेको तितो इतिहास लाई सम्झदै उनै शहिदहरुको नाममा नेपाल तरुण दल क्षेत्र नं ३ इलामले इनपा १ साँखेजुङको खेल मैदानमा आगामी फाल्गुन १ गते देखि ७ गते सम्म दास्रो संस्करण सातखाल्डे गोल्डकपको आयोजनाको तैयारी पुरा भइसकेको आज आयोजक समीतीका तरुण दल क्षेत्र नं ३ इलामका सभापति मोहन गुरुङले बताए खेल सम्पन्न गर्नका लागि रु ११ लाख खर्च लाग्ने र खेल सम्पन्न गर्नका लागि इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले प्रथम पुरस्कार रु एकलाख पाँचहजार र खेल अवधिभरका लागि डिजीटल साउडसेट समेत उपलब्ध गराएका छन ।
सावीक मेची अञ्चलका ८ वटा टिमको सहभागितामा हुने खेलमा बिभिन्न ब्यत्ति संघ सँस्थाहरुबाट खेलका लागि आर्थिक संकलन गरीएको सातखाल्डे शहिद गोल्डकपका टिम ब्यव्सथापक एवै ने।बि।सघ क्षेत्र नं १ का क्षेत्रिय सभापति ध्रुर्व राइले बताए उदघाटनका अवशरमा प्रमुख अतिथी ने।का केन्द्रिय सदस्य धनराज गुरुङले गर्ने र समापन प्रजातन्त्र दिवशको अवशरमा काँग्रेसका प्रभावशाली युवानेता गगन थापालाई बोलाइएको समेत आयोजक समितीका सागर घिमिेले बताए खेल अवधिभर सहयोग गर्ने ब्यक्ति संघ सँस्थाको नाम बाचन तथा प्रचार प्रसार गरिने भएको छ ।