- गोबिन्द पौडेल
![]() |
File photo |
रोङ ५ फागुनः इलामको रोङ गाउपालिकामा संचालित सामुदायिक विद्यालयहरुले एस.ई.ई. को नतिजा सुधार गर्न विभिन्न कार्यक्रामहरु संचालन गर्दै आएका छन् ।
गाउपालिकाले संचालित सामुदायिक विद्यालयहरुबाट एस.ई.ई. परिक्षाको नतिजा बिश्लेषण गरेर उत्कृष्ट विद्यालयलाइ पुरस्कारको ब्यवस्था गरेपछि उत्कृष्ट नतिजा निकाल्न यहाका विद्यालयहरुल एस.ई.ई. हन्टिङ्ग कार्यक्रमहरु संचालन गरेका हुन ।
रोङ ५ मा रहेको उमा महेश्वर माध्यामिक विद्यालयले गत माघ महिनादेखी नै विद्यालयमानै आवासको ब्यवस्था मिलाएर क्लोज क्याम्प संचालन गरिदै आएको छ । यस बर्ष एस.ई.ई. परीक्षा लेख्ने ८ छात्रा र ८ छात्रा गरि कुल १६ जना विद्याथीहरु रहेकोमा गणित अंग्रेजी र विज्ञान बिषयका शिक्षकहरुको निगरानीमा नियमित अध्ययन अध्यापन हुने गरेको छ । यता रोङ ४ मा रहेको सरस्वती माविले भने अतिरिक्त कक्षा संचालन पछि बालबालिकाहरुले कठिन मान्ने गरेको अंग्रेजी गणित र विज्ञाान बिषय केन्द्रित अध्यापन गर्न थालेको छ । सामान्यतय ४० पाठ्यभारमा गणित ९ अंग्रजी र बिज्ञान आठ आठ सामाजिक ५ अर्थशास्त्र ४ र अन्य तीनबटा बिषयहरुलाइ साप्ताहि २ पाठ्यभार बिनियोजन गरेर अध्यान गरिने गरेको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर राइले बताए ।
यस विद्यालयबाट यो बर्ष २४ छात्रा सहित ३५ जना बिद्याथीहरु एस.ई.ई. परीक्षामा सामेल हुने भएका छन् । यसैगरि रोङ ३ मा रहेको शान्ति निकेतन मा. वि कुटिडाडाले बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म १२ घण्टा कक्षा संचालन गरिरहेको कर्मचारी हिमाल राईले बताए । रोङका अन्य माध्यामि विद्यालयहरुले पनि नतिजा सुधारकोलागि अतिरिक्त कक्षाहरु संचालन गरिरहेको बताइएको छ । यो बर्षको एस.ई.ई. परीक्षा आगामी चैत्र ११ गतेबाट हुने भएको छ ।