इलामको गढी थुम्कामा आगलागि नियन्त्रण घटना अभ्यास

इलाम, ५ फागुनः इलाममा रहेको नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा विपद् व्यवस्तापनको घटना अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ ।  फाल्गुन चैत्रको सममा जिल्लाका विभिन्न क्षेत्रम हुन सक्ने आगलागि र च्यसको नियन्त्रण सम्वन्धि घटना अभ्यास कार्यक्रम भएको हो ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी, इलाम नगरपालिका, नेपाल रेडक्रस इलाम शाखा, जिल्ला विपद् व्यवस्थान समिति, जनस्वस्थ्य कार्यालयको सहभागितामा घटना अभ्यास गरीएको थियो ।
कार्यक्रमा कुनै ठाउँमा आगलागि भए पछि आएको सूचनाको आधारमामा कुन कार्यालयले कसरी काम गर्ने भन्ने कुराकको अभ्यास गरिएको थियो । जिल्लामा भएका विपद् व्यवस्थापन सम्वन्धि सम्पूर्ण कार्यालयहरुले आफुले गर्ने कार्य गरेर देखाएका थिए । घटना अभ्यासको क्रममा भएका कमि कम्जोरीलाई सुधार गर्न सुझाप पनि दिएको थियो । सम्पूर्ण सम्यन्त्र एकै ठाउँमा वसेर विपद् व्यवस्थापन गर्न सजिलो हुने अनुभव भएको पनि सहभगीहरुले वताए । 
पशुपति प्रसाद गणका प्रमुख सेनानी असिम दिप गुरुङको संयोजकतामा भएको कार्यक्रममा घटना अभ्यासको क्रममा आगलागि भएको गाउँको नमुना बनाएर आगो निन्त्रणको समेत अभ्यास गरिएको थियो ।  
 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता