जुविलेन्ट इलाइट एकाडेमीको ‘इलेक्जिरन’ म्यागजिन प्रकाशन

फागुन १५ इलामः इलाम सदरमुकामा रहेको जुविलेन्ट इलाइट एकाडेमीले ‘इलेक्जिरन’ नामक शैक्षिक म्यागाजिन प्रकाशन गरेको छ । विद्यालय स्थापना भएको १० वर्ष पुगेको अवसरमा प्रकाशन गरिएको म्यागजिन वुधबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो । 
विद्यालयका निर्देशक दिपराज आङदेम्वेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेतको प्रमुख आतिथ्यमा म्यागजिन विमोचन भएको हो ।  म्यागाजिनको समालोचना महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका उपप्राध्यापक दिपेन्द्र दुलालले गर्नु भएको थियो । 
विमोचन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेल , शिक्षा विकास तथा समन्वय अधिकारी होम भण्डारी महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सहायक क्याम्पस प्रमुख डाक्टर योगेन्द्रमान श्रेष्ठ , महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पुर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्य लगायतले शुभकामना मन्तव्य राख्दै म्यागाजिन प्रकाशनले शैक्षिक क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । 
विद्यालयले गरेको सृजनात्मक क्रियाकलापले विद्यार्थीमा कितावी ज्ञान मात्र नभइ अतिरिक्त ज्ञान बढ्ने भएकोले निरन्तरतामा जोड दिए । म्यागजिनमा  लेख , विचार , कथा कविता जस्ता विधालाई समेटिएको  छ भने विद्यालयको गतिविधी पनि समेटिएको शिक्षक भिम पौडेलले जानकारी दिए । एकाडेमीले अध्यापनका अलवा समय समयमा खेलकुद , संगीत , साहित्य , मनोरञ्जनात्मक र ज्ञानवर्दक गतिविधि संचालन गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता