हरित नगर इलामको परिकल्पनाकार पूर्व कार्याकारी निर्देशक युवराज दाहालको हेलिकप्टर दुर्घटनामा निधन

  • बिनय तिम्सीना

इलाम, १५ फागुनः ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहालको इलाम नगरपालिका र इलामवासीसँग गहिरो सम्वन्ध छ अत्मियता रहेको थियो । २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरा देवीको दर्शन गरेर फर्कने क्रममा उनको निधन भएको हो । २०६५ माघमा युवाराज दहाल  इलाम नगरपालिकाको कार्यकारी अधिकृत भएर आएका थिए । उनी इलामको लागि एउटा वाहार भएर आए । उनले इलाम र इलामवासीका लागि थुप्रै अवसर सृजना गरेका छन् । इलामलाई सुन्दर नगरी बनाउन उनको ठूलो देन रहेको छ । २०६९ साल वैशाखमा उनी सरुवा भएर दमक जानु भन्दा अगाडि इलामलाई एउटा पहिचान बनाएर गएका थिए । इलामेहरुको मनमा सधैका लागि वास बसेर गएका थिए । अहिले उनै दहालको ताप्लेजुङमा भएको दुर्घटनामा मृत्यु भएको छ ।
इलाममा रहँदा दाहालले गरेकाका कामहरुः
इलाम नगरपालिकाको कार्यकारी अधिकृत भएर आएका दाहालको परिकल्पनामा इलामलाई हरित नगरि घोषणा गरिएको थियो र इलाम नेपालकै पहिलो हरित नगरी भएको थियो । उनकै पालमा इलाम देशकै पहिलो प्लाष्टीक मुक्त नगर घोषणा भएर कार्यन्यन भएको थियो अहिले सम्म पनि इलाम नगरपालिका प्लाष्टीक मुक्त भए सँगै सधै स्वच्छ र सफा देखिन्छ । दहालकै पालामा इलाम चियाबारीलाई पर्यटकीय स्थल बनाउनको लागि रेलिङ हाल्ने, सिंडीहरु बनाउने र भ्युटावर बनाउने कार्य भएको थियो । उनकै पालामा इलाममा रहेको एकमात्र सिटीहल बनाइएको हो । इलामको एकमात्र सित भण्डार पनि दहालकै पालमा बनिएको हो ।
इलामबासीको नजरमा दाहाल कस्ता थिए ?
इलाम बासीका नगरमा दाहाल एकदमै सरल र मिलनसार स्वभावका थिए । दहाल एउटा भिजन भएको व्यक्तीको रुपमा लिन सकिन्छ । उनीसाँगै काम गरेका रामकुमार शाहाले माइपोखरी न्युज सँग कुरा गर्दै भने ‘दाहाल एकदमै मिलनसार थिए । उनीमा भिजन थियो । अरु सवै कार्यकारी अधिकृत आए गए विर्सियो तर उनलाई कहिल्यै पनि विर्सन सकिने थिएन तर आज असाध्यै दुखत खबर सुने स्तव्ध बनेको छु ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता