सम्मान र पुरस्कृत गर्दै सम्पन्न भयो सिम्रिकको वार्षिक उत्सव

बिर्तामोड, २४ माघः सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको ८औँै वार्षिक उत्सव सम्पन्न भएको छ । बिहीबार सिम्रिकले विभिन्न क्षेत्रमा योगदान पुर्याउने आठजनालाई सम्मान तथा पुरस्कृत गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । सोही अवसरमा रक्तदान, सांस्कृतिक लगायत कार्यक्रम गरिएको थियो । 
संस्थाले राष्ट्रिय सहकारी बंैकका सञ्चालक समिति सदस्य महेन्द्र गिरी र लोखा समिति संयोजक लक्ष्मी उप्रेतीलाई सम्मान गरेको छ । साथै पत्रकार तुलसीप्रसाद निरौला र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईलाई सम्मानसहित पुरस्कृत गरेको छ । उनीहरुलाई जनही ७ हजार एकसय नगदसहित पुरस्कृत गरेको हो । सोही कार्यक्रमका विच एकसय ९६ जनाले रक्तदान गरे थिए ।
संस्थाले सदस्य सेवा केन्द्र सुरुङ्गा र लघुवित्ततर्फ धुलावारी सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । उनीहरुलाई जनही ७ हजार ५ सय नगदसहित पुरस्कृत गरेको हो । त्यस्तै कर्मचारीतर्फ विभागीय प्रमुख यामबहादुर श्रेष्ठ र बजार प्रतिनिधि विमला न्यौपाने पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ५ हजार एकसय नगदसहित पुरस्कृत गरेको संस्थाका सञ्चालक विजय बस्नेतले बताए ।
संस्थामा १९ हजार ६ सय शेयर सदस्य रहेका छन् । कार्यक्रमको औचित्य माथि प्रकाश पारेका संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले २० लाख ५० हजार शेयर पुँजीबाट शुरु भएको संस्थाले ८ करोड शेयर पुँजी पुर्याउन सफल भएको बताए । १४ वटा सेवा केन्द्र रहेको संस्थामा १२३ जना कर्मचारी रहेका छन् । पुस मसान्तसम्ममा संस्थाले एक करोड ४० लाख नाफा गर्न सफल भएको जनाइएको छ । 
प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको स्वागत संस्थाका सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गरेको थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, समाजसेवी राजकुमार पोखरेल, बिर्तामोड नगरपालिका –४ का अध्यक्ष कुलप्रसाद संग्रौला, रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, पत्रकार महासंघ झापा सहहसचिव केशव भट्टराईलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता