ट्राफिकको अगुवाइमा सरसफाइ

बिर्तामोड, २४ माघः बिर्तामोड सरसफाई अभियानको १४० आँै हप्ता पुगेको अवसरमा बिर्तामोड स्थित टेकबहादुर गिरी बस पार्क सरसफाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाइमा बिहीबार बस पार्क सरसफाइ गरिएको हो ।  
सरसफाइमा अभियानमा बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपलिका, वीरता जेसिज वीरता लेडि जेसिज, नेप्लिज टिन्स, माडवाडी युवा मंञ्च लगयत विभिन्न संघ संस्थाको सहकार्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए । सरसफाइ कार्यक्रममा स्थानीयलाई जथाभावि फोहोर नफ्याक्न सचेतना समेत गराइएको थियो  । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता