इलामका कृषक मौरी पालनमा अर्कषित, गाउँपालिकाले छुट्यायो बजेट

इलाम, १४ मसिरः  परम्परागत रुपमा मौँरी पालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरण तर्फ उन्मुख हुँदैछन् । घरमै आधुनिक घारमा मौरी पालेर राम्रो आम्दानी हुन थालेपछि कृषक मौरीपालनतर्फ आकर्षित भएको इलामको रोङ, इलाम, माइजोगमाई, सूर्योदयमा तत्लो भागमा मौरीपालन हुने गरेको छ । 
रोङका मोरी पालक कृषक मदन विमलि भन्छन् मौरीबाट उत्पादन भएको महको बजारमा समस्यछैन अहिले सम्मम मैले मेरो १२ गोलाबाट उत्पादन भएको मह मेसिनबाट निकाल्ने वित्तीको बिक्री भइसक्छ । उनी भन्छन मौरी पालनगर्न थाले पछि धेरै लगानी भने गर्नु नपर्ने तर यसको स्यारसंभारमा भने भरमग्दुर समय खर्चनु पर्दछ ।
इलामकै रोङमा रहेको कुमार वी किपिङका सञ्चालिका लक्ष्मी तमाङ भन्छीन् याहाँ मौरी जन्य सामाग्रीको कारखाना नै खोलेर  काम गर्न शुरु गरेर पेशाको रुपमा सञ्चालन गरिरहेको वताउँछिन र यस व्यवसयबाट राम्रौ फाइदा भएको पनि उनी वताउँछिन् । 
इलामको रोङ गाउँपालिकाले कृषि विकास शाखाबाट कार्यक्रम कार्यान्वयन हुनेगरि गाउँपालिकाले मौरी विकास शाखा स्थापना गरि व्यवसायीक मौँरी पालनको काम शुरु भएको छ । स्थानीय तहमा मौरी संरक्षण र प्रवद्र्धन सुरु गरेको रोङ गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष समसेर राईले बताएका छन् । मौरी लघु उद्यम कार्यक्रममार्फत चालु आर्थिक वर्षमा ६० जनाले तालिम पाउनेछन् । तालिमपश्चात ३० जना किसानलाई मौरीका घार र आवश्यक सामग्री अनुदानमा सहयोग गर्ने कार्यक्रम रहेको छ । पाँचवटासम्म घार भएका किसानलाई सुरुमा ५० प्रतिशत र अनुगमनका क्रममा प्रगति देखिएमा ७५ देखि १०० प्रतिशतसम्म अनुदान दिने योजना गाउँपालिकाको छ ।
सरकारी तथ्यांकअनुसार इलामका एक हजार ६ सय कृषकले मौरीपालन गरेका छन् त्यसमध्ये रोङ गाउँपालिकको जिर्मलेमा मात्र ५ सय किसानले मौँरी पालन गर्दै आएका छन् । इलाममा वार्षिक २२ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता