इलामको सोयाकमा विपद् व्यवस्थापन जनचेतनामुलक कार्यक्रम

इलाम, १५ फागुनः इलाम नगरपालिका ११ सोयक स्थित वडा कार्यालयको भवनमा इलाम नगरपालिका नगर कार्यपालिकाको आयोजनामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको संयुक्त सहकार्यमा जिल्लामा तैनाथ पशुपति प्रसाद गणबाट गएको टोलीले फागुन १४ गते विपद् व्यवस्थापन सम्बन्धी जनचेतानामुलक कार्यक्रम सचालन गरेको छ । उक्त कार्यक्रमा सुरक्षा निकायका पदाधिकारी, सरकारी कार्यालयका पदाधिकारी र स्थानीय बासिन्दाहरु सहित जम्मा ४५ जनाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता