
फिक्कल, ९ फागुनः सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत बिराटनगर इलाम इजालसले बिहिबार तत्काल सडक क्षेत्र बिस्तार नर्गन आदेश दिएको छ ।
अधिबक्ता उत्तम पौडेलले निवेदकको तर्फबाट बिहिबार गर्नु भएको बहस पछि उच्च अदालत बिराटनगर इलाम इजालसले सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै तत्काल सडक बिस्तारको काम नथाल्न आदेश दिएको हो ।

नगरपालिकाले आउदो ११ गतेबाट सडक क्षेत्र बिस्तार गर्न भनी बिभिन्न सूचना जारी गर्दै आए पछि हिजो सूर्योदय नगरपालिका १० का किरण कुमार प्रधानले अन्तरीम आदेशको माग गर्दै मुद्धा दर्ता गराउनु भएको थियो ।
अदालतले निवेदकको माग बमोजीम के कति कारणले आदेश जारी गर्नु ननर्पे हो आफना प्रमाण १५ दिन भित्रमा प्रमाण पेश गर्न बिपक्षी सूर्योदयन गरपालिकाका नाममा आदेश जारी गरेको छ ।
निवेदक प्रधानको माग बमोजीम अदालतले साविक फिक्कल गाउँ बिकास समिति १ क को कित्ता नम्बर ६३२ र कित्ता नम्बर ६३४ को जग्गा र सो जग्गामा बनेको घर लगायतका निर्मित संरचनामा कुनै असर पर्ने गरी भत्काईने बिर्गाने कार्य नगर्नु नगराउनु भनी नगरपालिकाका नाममा आदेश दिएको छ । अदालतले सो आदेशलाई निरन्र्ता दिने वा नदिने सो सम्बन्धमा दवै पक्ष बिच छलफल गर्न फागुन १५ गते १० बजे उपिस्थत बोलाएको छ ।
निवेदक प्रधानको पक्षबाट वकालत गर्नु भएका अधिबत्ता उत्तम पौडेलले अदालतको अन्तरीम आदेश जारी भए पछि ती कित्ताको मात्र नभई नगरले गर्ने भनेको सडक बिस्तारको सबै काम तत्काललाई रोकीएको जानकारी दिनु भएको छ ।
फागुन ११ बाटै सडक बिस्तार गर्ने नगरपालिकाको तयारी
सुर्योदय नगरपालिकाले यहि फागुन ११ गतेबाट मेचीराजमार्गको सडक क्षेत्राधिकार कायम गर्ने जनाएको छ ।
नगरपालिका कार्यालयमा बिहिबार साझ नै पत्रकार भेटघाट गरी फागुन ११ गते १२ बजेबाट पाल्टांगेदेखी भालुखोपसम्मको सडक दाँयाबाँया साढे ७ मिटर कायम गर्ने जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा बोल्दै भौतिक पुर्वाधार विकास समितीका संयोजक एवम वडा नं ३ का अध्यक्ष होम कार्कीले कुनै पनि हालतमा सडक क्षेत्राधिकार विस्तार गर्ने बताउनुभयो ।
बृहतर विकासका साथै पर्यटकिय नगरीको रुपमा अघि बढेकाले स्थानियको आग्रह अनुसार साढे ७ मिटरमा सहमती अनुसार अघि बढेको बताउँदै उहाँले नगरले पटक पटक सुचना प्रकाशन गर्दा पनि स्थानियले अटेर गरेपछि फागुन ११ गतेबाट कामले तिव्रता पाउने बताउनुभयो ।उहाले संरचना भत्काउन समय लाग्ने भए समय दिने बताउनु भयो ।नक्सा दोहोरो भएको स्थानियको जग्गा नगरसभाबाट निर्णय गरेर प्रदेशसभा र क्याविनेटमा पठाएर समाधान गरिने कार्कीले बताउनुभयो ।
कन्याम क्षेत्रमा सडक क्षेत्राधिकार कायमपछि साँघाइले उपयोग गर्दै गरेको जग्गामा कार्यपालिकाबाट करोडौ रुपैयाको बहुदेश्य भवन निर्माणका साथै बजेट विनियोजनका साथै ७ करोड रुपैयाको लागतमा कन्याम व्युटिफिकेसन गर्ने सडक क्षेत्राधिकार कायम गराउने समितीका संयोजक शिबकुमार बस्नेतले बताउनुभयो ।
१५ मिटर कायम गरिएको क्षेत्रमा बाटो बाहेक अन्य संरचना नहुने उहाँले बताउनुभयो । व्यपारीहरुलाई व्यवस्थापन गर्न आग्रह अनुरुप पाल्टांगे, तिनघरे भालुखोपमा स्वस्फुर्त रुपमा घर टहरा र पसलहरु हटाउने कार्य भइरहेको बस्नेतले बताउनुभयो ।


सडक क्षेत्राधिकार कायम रोक्न अदालतबाट अन्तरीम प्राप्त भएको सुचनाको बारेमा सोध्दा भौतिक पुर्वाधार विकास समितीका संयोजक र सडक क्षेत्राधिकार कायम गराउने समितीका संयोजकले आफुहरुलाई यस बारेमा जानकारी नभएको बताउनुभयो । उहाँहरुले अदालतको आधिकारिक जानकारी नआएकाले कुनै पनि हालतमा नगर आफनो निर्णयबाट पछि नहटने बताउनुभयो ।
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४१ मा भवन संरचना भत्काउँदा लागेको खर्च सम्वन्धित उपभोक्ताले व्यहोर्ने व्यवस्था भएपनि सूर्योदय नगरले भने जनताको लागी ऐनको पुर्ण लागु नगरी भत्काउदा लागेको लागत उपभोक्तालाई व्यहोर्न नलगाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एवीसी नेपालीबाट साभार