
बझाङ्ग ९ फागुनः काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ४२ जना ग्राहक सदस्य तथा अभिभावकहरुको सहभागितामा २०७५ साल फागून ६ गते बझाङ्ग जिल्लाको खप्तडछान्नामा“ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका चैनपुर शाखाकार्यालयक ाप्रमुख श्री गौतम ज्ञान थापाले जानकारी गराएका थिए ।यस तालिममा प्रशिक्षकहरु श्री गौतम ज्ञान थापा, श्री चक्र बहादुर साउद, रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घर परिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाकाशाखाप्रमुख श्री गौतम ज्ञान थापाले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको चैनपुर शाखा कार्यालयका लेखापाल चक्र बहादुर साउदले प्रकाश पारेका थिए ।
यस तालिमम ाग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्यनिर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानीखर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यानदिनु पर्ने कुराहरु, बचतको महत्वतथा बैंकको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरुको बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको चैनपुर शाखाका शाखा प्रमुख श्री गौतम ज्ञान थापाले बताएका थिए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त वित्तीय संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रम ाबसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलताविकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिमप्रदानगर्दैआई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ । संस्थाले २०७५ पौषम सान्त सम्ममा ३ लाख ३८ हजार २०० घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।संस्थाले २०७५पौष मसान्त सम्ममा लगानीमा रहेको कर्जा रु. १७ अरब ९ करोड १७ लाखरहेको छ भने ग्राहक सदस्यहरुको ९ अरब ६८ करोड ७४ लाख बचत परिचालन गरेको छ । ब्यवसाय गरी रहेका संस्थाकाग्राहक सदस्यहरुलाई थप ज्ञान, सीपप्रदानगर्न यस तालिममा सहभागी गराईएको संस्थाका चैनपुर शाखाका शाखा प्रमुख श्री गौतम ज्ञान थापाले जानकारी गराएका थिए ।