
इलाम, ९ फागुनः इलाम नगरपालिकाले नगर खेलकुद विकास प्रतिष्ठानको अध्यक्ष र उपाध्यक्ष पदमा परपुर्ती गरेको छ । नगर खेलकुद विकास प्रतिष्ठानको अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा सन्तोष भक्तराज राजलवटलाई मनोनित गरको हो । नगर क्षेत्रको खेलकुद विकास गर्ने उदेश्यले स्थापना गरिएको प्रतिष्ठानको अन्य पदमा यसअघि नै मनोनयन गरेको थियो ।
प्रतिष्ठानको अध्यक्ष र उपाध्यक्षलाई नगर प्रमुख महेश बस्नेतले पद तथा गोपनियताको सफत गराउनुभएको थियो । लोकल सन्देशबाट