
इलाम,९ फागुनः इलाममा रिलाइन्स लाइफ इन्स्युरेन्स कम्पनीको शाखा वुधबार इलाममा उद्घाटन भएको छ । इलामको भानुपथ वसपार्क छेउमा रहको कार्यालय विधिवत रुपमा उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम रिलाइन्स लाईफका डेपुटी सीइओ निराजक कँडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिका इलामका प्रमुख महेश वस्नेत, विशेष अतिथि इलाम नगरपालिका ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ र उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि वस्नेतले इन्स्युरेन्सको वजार अहिले प्रतिस्प्रधी भएको छ सवैजानाले यसवाट पाउने सेवा सुविधा लिनको लागि आग्रह गरेका थिए ।
डेपुटी सीइओले इन्स्युरेन्सको बारेमा जानकारी गरउँदै ६८ शाख र ८ उपशाखा रहेको रिलाइन्सले सेवाग्राहीहरुलाई आफुले सक्ततो सहयोग गर्ने पनि जानकारी गराएका थिए ।