इलामको बरफल्याङमा आगलागी चार लाख बढीको नोक्सानी

इलाम, १९ फागुनःइलामको रोङ गाउपालिका २ को बरफल्याङस्थीत एक घरमा शनिबार बिहान भएको आगलागीबाट करिब ४ लाख १५ हजार बराबरको नोक्सान भएको छ ।
राजन घतानीको घरमा बिहान साढे सात बजे भएको सो आगलागी निभाउने क्रममा एकजना सामान्य घाइते पनि भएका छन् । घाइते हुनेमा राजनका ससुरा पदम सिलवाल रहेको जनाइएको छ । आगलागी पिढीत राजनको ४ जनाको परिवार छिमेकी मोहन घतानीको घरमा आश्रय लिएर बसेका छन् । आगलागी बाट घरमा रहेको ३० मन धान सहित घर गुवाली लगाएको लुगा बाहेकका सबै सामान जलेको पिडित राजन घतानीले बताए ।
ज्याला मजदुरी गरेर जीबिका चलाउने राजन बिहानै मजदुरी गर्न झापा हिडेपछि आगलागी भएको र एकान्त स्थानमा घर भएकाले तत्काल उद्दार हुन नसक्दा कुनै पनि सामान जोगाउन नसकिएको वडा अध्यक्ष टेकबहादुर तामाङले बताए । यसै बिच सामुदायिक बनहरुले राहत सहयोग गर्ने जनाएका छन् । पीढित परिवारको घर निर्माणको लागि आवस्यक पर्ने काठ सहयोग गर्ने तयारी भइरहेको पनि जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता