तारगाउँ दुग्ध उत्पादकको एक्काइसौ साधारण सभा सम्पन्न


  • गोबिन्द पौडेल              

रोङ १९ फागुनः सूर्योदय नगरपालिका ६ मा रहेको श्री तारगाउ दुग्ध उत्पालदक सहकारी संस्थाको एक्काइसौ साधारण सभा पन कमल पौडेललाइ अध्यक्षमा चयन गदै शनिबार सम्पन्न भएको छ ।
२०५३ सालमा स्थापना भएर किसानले उत्पादन गरेको दुग्थ्धको ब्यवस्थापन गदै आएको सो सहकारीको साधारण सभावाट उपाध्यक्षमा नारद सुबेदी ,कोषध्यक्षमा युवनाथ पौडेल  सचिवमा याम गडेतौला महिला सदस्यमा बिमला रसाइली, बिनिता गुरुङ्ग सदस्यमा युबनाथ गड्तौला र बिमला गड्तौला छनौट भएका छन् भने अन्य दुइजना सदस्य पछि  मनोनित गरिने भएको छ ।
 यसैगरि सोही भेलाले योगेन्द्र गड्तौलाको अध्यक्षतामा राधाकृष्ण पौडेलर ज्रीवनहरि कार्की रहेको लेखा समिति समेत गठन गरेको छ ।
 १ सय ११ जना सेयर सदस्य रहेको सो सहकारीको गत बर्षको ७९ लाख ८७ हजार ४ सय ६४ रुपैया ५ पैसाको आम्दामी र खर्च बिबरण समेत पारित गरेको ब्यवस्थापक याम गडेतौलाले बताए ।  अहिले पनि संस्थाले दैनिक ७ सय लिटर दुग्ध संकलन गरि दुग्ध बिकास संस्थानमा बेच्ने गरेको छ तर बर्षादको समयमा सडकमा यातायातको साधन गुड्न नसक्दा समयमै चिस्यान केन्द्र पुर्याउन नसक्दाको पिडा संस्थाकोलागि चुनौती बन्दै आएको छ । सुयोदय नगरपालिकाको अलवेदर सडक समयमानै निमार्ण भएमा किसानहरुको लागि ठूलो राहत हुने अध्यक्ष कमल पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता