पूर्वअर्थमन्त्री अधिकारीकाे अन्तेष्टि आजै गरिने, अन्तिम श्रद्धाञ्जली पार्टी कार्यालय धुम्बाराहीमा

काठमाडौ । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर नेकपा पार्टी कार्यालय, धुम्बाराहीमा राखिएकाे छ । शनिबार राति निधन भएका स्व अधिकारीकाे अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमै राखिने र त्यसपछि आजै अन्त्येष्टि गरिने नेकपाले जनाएकाे छ ।
नेकपाका नेता समेत रहेका स्व अधिकारीकाे आजै पशुपतिस्थित आर्यघाटमा परम्परा अनुसारै दाहसंस्कार गरिने जनाइएकाे ।
नेता अधिकारीकाे ८२ वर्षकाे उमेरमा शनिबार राति साढे नाै बजेतिर निधन भएकाे थियाे । गत तीन हप्तदेखि मण्डिखाटारस्थित ह्याम्स अस्पताललमा उनी उपचाररत थिए । मुटु र फोक्सोको समस्याबाट ग्रसित अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो । उपचारकै क्रममा निधन भएकाे हाे ।
तत्कालिन नेकपा (एमाले)का अध्यक्ष स्व मनमाेहन अधिकारी नेतृत्वकाे ९ महिने सरकारमा भरतमाेहन अधिकारी अर्थमन्त्री थिए । त्यतिबेला उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र ‘आफ्नो गाउँ आफै‌ँ बनाऔँ’जस्ता लोकप्रिय कार्यक्रम ल्याएपछि उनी धेरैकाे नजरमा परेका थिए । चारपटक सांसद समेत बनेका स्व अधिकारी भौतिक योजना तथा निर्माण र कानून तथा न्यायमन्त्री समेत बनी काम गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता