विराट सत्संग समोरह तयारी अन्तिम चरणमा


धुलाबारी, फागुन १९ । झापाको धुलाबारीमा हुने बिराट सत्सगं समारोहमा तयारी अन्तिम चरणमा पुगेको छ  ।
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा फागुन २३ र २४ गते हुने सत्सगं समारोहको तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । सत्सगंमा  नेपाल र भारतका बिभिन्न ठाउँबाट  सहभागि हुन भक्तजनहरु आउने निश्चित भएको र दुई दिनमा एक लाख बढी भक्तजनले सत्सगमा सहभागिता जनाउने  अनुमान गरिएको छ  ।  सम्पूर्ण मानव जातिका लागि सकारात्मक सोच र अध्यात्म ज्ञानका लागि यो सत्सगंको आयोजना गरिएको समितिले जनाएको छ  । 
सत्सगंमा भारतबाट मानव धर्मका अध्येयता सतपालजी महाराज दुई दिनकै लागि आउनु हुने भएको  र
सत्सगंमा प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राई लगायत बिशिष्ट ब्यक्तिहरुको समेत सहभागिता रहने आयोजक समितिका सह-संयोजक  महात्मा तुलसी वाई ज्यू ले  बताउनु भयो ।
संत्सगमा सहभागि हुने भक्तजनहरुको खाना, आवास र सुरक्षाको सबै ब्यवस्थापन पनि अन्तिम चरणमा पुगेको बताइएको छ  ।  यो समारोह सम्पन्न गर्न करीब ४५ लाख खर्च हुने जानकारी गराईएको छ । समारोहमा बढी भन्दा बढी भक्तजनहरु सहभागी गराउनको लागि घर दैलो कार्यक्रम भइसकेको र प्रचार प्रसारमा तिव्र रुपमा लागीरहेको बताएको छ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता