इलामको पशुपतिनगरमा शिवरात्रीको अवसरमा दुई देशका सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेक्स’

पशुतीनगर, १९ फागुनः शिवरात्रीको अवसरमा पूर्बी पहाडी नाका इलामको फाटकमाको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेक्स’ स्थापना भएको छ । नेपाली सीमा सुरक्षा पोष्ट पशुपतिनगर र भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रको नेपाल भारत दुवै क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
शिवरात्रीको अवसरमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र दुवै देशका नागरिकलाई आवतजावतमा सहज पु¥याउने उदेश्यले संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको सीमा सुरक्षा पोष्ट पशुपतिनगर इलामका प्रमुख ससांक कार्कीले बताउनुभयो । दुवै देशको सीमा क्षेत्रमा राखिएको सहायता कक्षमा नेपाली र भारतीय सीमा सुरक्षा बलका दुई÷दुई जवान बिना हतियार राखिएको छ । उनीहरुले नेपालबाट भारत जाने नागरिक र भारतबाट नेपाल आउने नेपाली तथा भारतीय नागरिकलाई अफ्ठ्यारो परेमा सहयोग गर्ने बताइएको छ । लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता