देउमाई सिंगलपाको जट्टेश्वर महादेव मन्दिर परिसरमा शिवरात्रीमामेलाको तयारी पुरा

इलाम, १९ फगुनः इलामको देउमाई नगरपालिकाको सिंगलपाको जट्टेश्वर महादेव मन्दिर परिसरमा भोली शिबरात्रीमा लाग्ने मेला मेलाको तयारी पुरा भएको छ । देउमाई नगरपालिकाको सिंगलपाको फेदीमा रहेको देहेको चाँचले घाटको किनारमा मेला लग्न लागेको हो ।  फागुन २० गते महाशिवरात्रीको अवसरमा लाग्ने मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनुका साथै खुल्ला गायन तथा नृत्य प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ ।
धार्मिक स्थल जट्टेश्वर महादेव मन्दिर परिसरमा हुने मेलामा विभिन्न प्रकरिकार तथा अन्य सामाग्रीका स्टल समेत राखिने छ । देउमाई नगरपालिकाको समग्रह विकासको लागि र धार्मिक पर्यटन प्रवर्धनको लागि पनि मेला लागाईएको आयोजकले वताएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता