छात्रबृत्तिका लागि एकलाखको अक्षय कोष

इलाम, १९ फागुनः माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङ निवासी स्वर्गीय श्री दत्तबहादुर श्रेष्ठको स्मृतिमा उनका श्रीमती, छोराहरु र छोरीहरुले स्थानीय विद्यालयको नाममा अक्षय कोष स्थापना गरेका छन् । श्रीमति चन्द्रमाया श्रेष्ठ, छोरा लक्ष्मीप्रसाद श्रेष्ठ सहितले २०१६ सालमा स्थापित बर भञ्ज्याङ आधारभुत विद्यालयको शैक्षिक स्तर उन्नतिका लागि रु एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो । सो विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीले हरेक बर्ष कोषबाट प्राप्त हुने व्याजबाट छात्रबृत्ति प्राप्त गर्नेछन् । 
कोषको नाम स्वर्गीय श्री दत्तबहादुर श्रेष्ठ स्मृति अक्षय कोष रहेनछ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि परिवाजनले विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर भण्डारीलाई नगद एकलाख हस्तान्तरण गरेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता