इलामको पशुपतिनगरबाट २८ वर्ष अघिका हत्याका अभियुक्त पक्राउ

इलाम, १९ फागुनः इलामको पशुपतिनगरबाट शनिबार २८ वर्ष अघिका हत्याका अभियुक्त पक्राउ गरेको छ । इलामको साविक जोगमाई ९ वस्ने धर्मध्वज थापाका अत्याका अभियुक्त सोहि स्थानका ७३ वर्षिय रण बहादुर राईलाई पशुपति नगरको सीमाक्षेत्रबाट पक्राउ गरेको हो । 
राईले थापालाई २०४७ साल बैशाख ४ गते छुरा प्रयोग गरि हत्या गरेको अभियोगमा जिल्ला अदालत इलामाले २०७१ साल भर्दौ २४ गते सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो । पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत सोही फैसलालाई सदरगरे पछि फरार रहेका राईलाई प्रहरीले शनिबार पक्राऊ गरेको हो । उनलाई पक्राउ गरि आज (आइतबार) अदालतमा वुझाएको प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता