करेन्ट लागेर इलामको धोविधारामा एक युवकको मृत्यु

इलाम, १९ फागुनः इलामको धोविधारामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । आइतबार दिउँसो  इलाम नगरपालिका ८ धोबीधारा स्थित प्रेम गौतमको घरमा कोरियन भाषा पढ्न डेरा गरी बस्ने  पाँचथर फिदिम नगरपालिका १२ बस्ने  १९  वर्षका संगिन लिम्बुको मृत्यु भएको हो । सोही घरको छतमा लत्रिएको तारमा करेण्ट लागि धाईते भई उपचारार्थ इलाम अस्पताल  लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता