
दार्चुला, १७ फागुनः दार्चुलाको दुहुबाट सदरमुकाम दार्चुला आउदै गरेको म १ ज २८० नम्बरको जीप महाकाली नपा ५ रातेकाठामा दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने हुन सकेको छैन । मृत्यु हुनेमा ६ महिला र १ पुरुष रहेको घटनास्थलमा रहेका असइ माधव भट्टले जानकारी दिए ।
दुर्घटनाग्रस्त जीपमा कतिजना सवार थिए भन्ने अहिलेसम्म एकिन हुन सकेको असइ भट्टले जानकारी दिए । उनले घटना एकदमै भिर भएको ठाउँमा भएकोले उद्दारमा कठिनाई भैरहेको बताए । न्युज२४ बाट