१४ बुँदे घोषणा पत्र जारी गदै साना किसान सम्मेलन सम्पन्न


काठमाडौं । कृषि उत्पादनको विकासमा स्थानीय सरकारले बिशेष योजना ल्याउनु पर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भएको छ । मन्त्री खतिवडाले कृषि बिकासको लागि सरकारले साना किसान तथा बिपन्न बर्गलाई लक्षित गरेर कृषि कर्जाका ब्यवस्था गरेको भए पनि प्रभावकारी हुन नसकेको बताउनु भयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरिएको साना किसान सम्मेलनमा मन्त्री खतिवडाले स्थानीय सरकारले कृषि क्षेत्रको लगानीमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो । सरकारले कृषि सम्बन्धि कार्यक्रमहरु स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको बताउँदै स्थानीय सरकारले स्थानीय पुर्वाधारसँगै कृषि उत्पादन बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा कृषि उद्यमीहरुले सरकारले दिने कृषि सम्बन्धी प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शिवराम कोइरालाले कृषि उद्यमशीलताको विकासबाट मुलुकमा गरीवी निवारण गर्न सकिने भएकोले बैक कर्जा बिपन्न किसामा लक्षित रहेको बताउनु भयो ।
बिहीबारबाट सुरु भएको सम्मेलनले १४ बुंँदे घोषणा पत्र जारी गरेको छ । सम्मेलन सदस्य सचिव झलेन्द्र भट्राईले दिगो कृषि बिकासको लागि सम्मेलन केन्द्रित रेहेको बताउनु भयो । देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता