धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

सुनसरी । भ्रष्टाचारको आरोपमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियारलाई वर्खास्त गरिएको छ । 
प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको प्रतिष्ठानको ४२ औं सिनेट वैठकले उपकुलपति रौनियारलाई वर्खास्त गर्ने निर्णय गरेको हो । उनलाई प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) अनुसार पद मुक्त गरिएको प्रतिष्ठानले जनाएकोछ ।
प्रतिष्ठानलाई अस्तव्यस्त बनाएको तथा उपकरण खरिदमा भ्रष्टचार गरेको, कर्मचारी नियुक्तिमा चलखेल गरेको, नियमावली विपरित प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई अधिकार विहिन बनाएको लगाएतका आरोप लगाइएको छ ।
कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म सिनेट वोलाउन उपकुपतिलाई निर्देशन दिए पनि अटेर गरे पछि प्रतिष्ठानको नियमावली अनुसार तेस्रो पटक सह–कुलपति समेत रहेका स्वास्थ्य मन्त्रीको अध्यक्षतामा सिनेट बैठक बसेको थियो । उपकुलपति रौनियार बारे छानविन गर्न प्रधानमन्त्री कार्यालयले डाक्टर केदारबहादुर अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
समितिले रौनियारलाई कारवाहीको सिफारिस गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता