शनिबारदेखि झापा गोल्डकप, उद्घाटन खेल झापा–११ र सहाराविच


झापा, १७ फागुनः शनिबारदेखि शुरु हुन गईरहेको चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । 
झापा गोल्डकप आयोजक समितिको आयोजनामा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेल भोली आयोजक झापा–११ र पोखराको सहारा क्लब बीच हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ । झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा  १० टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल फागुन २७ गते हुनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता