
सूर्योदय, १७ फागुनः पशुपालन क्षेत्रमा अग्रणी मानिएको सुर्योदय नगरपालिकाको किसानहरुलाई अनुदानमा च्यापकटर मेसिन वितरण गरिएको छ । नगरपालिकाको कार्यालय परिसरमा पशु सेवा शाखाको ५० प्रतिशत अनुदान र किसानहरुको ५० प्रतिशत लागतमा किसानहरुलाई च्यापकटर वितरण गरिएको हो ।
नगरका १३ वटा वडाका ३९ जना किसानहरुलाई बार्षिका कार्यक्रम अनुसार ४ लाख ६८ हजार मुल्य बराबरको च्यापकटर वितरण गरिएको पशु शाखाका प्राविधक कृष्णचन्द्र झाले जानकारी दिएका छन । सुर्योदय नगरपालिकाका प्रत्येक वडामा परेका आवेदनका आधारमा ३ जनालाई किसानलाई च्यापकटर वितरण गरिएको हो । वडा नं ५ बाट भने अनुदानमा च्यापकटरको लागी आवेदन नपरेको झाले बताए ।
पशुपालनको लागी सुर्योदय नगरपालिका अग्रणी क्षेत्रमा मानिन्छ । नगरको ग्रामिण क्षेत्रका किसानहरुको जिविकोपार्जनको मुख्य आधारको रुपमा दुध र दुग्द्यजन्य उत्पादन रहेको छ । गाँउगाँउमा स–साना डेरी र दुग्द्यजन्य उद्योगहरु संचालनमा रहेका छन । लोकल सन्देशबाट साभार