इलामको रोङमा तरकारी खेती तालिम

रोङ, १७ फागुनः इलामको रोङ गाउँपालिकामा समिट लघु वित्त वित्तिय सस्थाको आयोजनामा विहिबार एक दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । 
तालिममा तरकारी खेतीमा देखिएका विभिन्न रोग र त्यसको रोकथामका विषयमा छलफल भएको समिट लघु वित्तका रोङ शाखा प्रवन्धक प्रकाश गिरीले जानकारी दिए । 
तालिममा रोङ र सुर्योदय नगरपालिकाका ३० जना अगुवा कृषकको सहभागिता रहेको थियो । तालिममा तोयानाथ भट्टराईले सहजिकरण गरेका थिए । तालिमको उद्घाटनका क्रममा सुर्योदय नगरपालिका ६ का वडा अध्यक्ष सिव कुमार बस्नेतले नागरिकको जिवन स्तर उकास्न कार्जा प्रवाहसंग किसानहरुलाई ज्ञानसिप सिकाउने लघुवित्तको प्रयासको प्रसंसा गरे । उनले रचनात्मक कामहरमा वडाले समेत समिति लघुवित्तसंग सहकार्य गर्ने बताए । उद्घाटनका अवसरमा हर्कटे प्रहरी चौकीका इञ्चार्ज सन्तोष कुमार निरौला, ट्राफिक प्रहरी इञ्चार्ज चारु चन्द्र ठाकुर , सप्तकोशी डेव्लभमेन्ट बैकका प्रतिक कार्की लगायतको उपस्थिती रहेको थियो । 
तालिम समापन पछि सहभागि रुकादेवि भुजेलले तालिमले सहभागिले तरकारी खेतीमा भखभेगिरहेका समस्या समाधान गर्न सहयोग पुगेको बताइन् । किसानहरुले काउली बालीमा देखिएको गाँठे रोग, खुर्सानी बालीमा देखिएका समस्या लगायतका विषयमा चासो राखेका थिए । 
स्थानीय व्यवसायी गिरीराज लुइटेलले कर्जासगै व्यवसायीकतालिम प्रदान गर्ने प्रयासले किसानको उन्नतीमा सहयोग पुगेको बताए । शाखा प्रवन्धक गिरीले इलामका तीनवटा शाखाले गत बर्षदेखिनै सदस्यको मागको आधारमा क्षमता विकास  तालिम प्रदानगर्ने गरेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता