देउमाइ एक चमैताले उचाल्यो देउमाइ नगर कप फुटबलको उपाधी


  • बिमल अधिकारी 

देउमाइ, २५ फाल्गुणः देउमाइ नगरपालिका इलाममा जारी पहिलो नगरकप फुटबलको उपाधी देनपा एक चमैताले जितेको छ।  
आज भएको फाइनल खेलमा देउमाइ वाड न नौ जितपुर लाई शून्यका बिरुद्द एक गोल गर्दै एक न वडा बिजयी बनेको हो।
खेलको ५८औ मिनेटमा चमैताका जर्सी न ६ का मदन मगरले गरेको एक गोलनै निणायक बन्यो। बिजेता ले नगद रु एक लाख एकसय एघार र उपबिजेता ले नगद रु साठी हजार एक सय एघार पाएका छन भने देनपा दुइका सुबास राई ले उत्कृष्ट गोल रक्षक, देनपा एक का सन्देश राई ले उत्कृष्ट खेलाडी र देउमाइ आठको टिमले अनुशासित टिमको सम्मानका रुपमा ट्रफी मेडल र प्रमाणपत्र पाएका छन। मंगलबारे स्थित छात्राबासको खेल मैदान मा भएको खेलको आयोजना देउमाइ नगरपालिका शिक्षा युबा तथा खेलकुद बिकास शाखाले गरेको हो। साथै यो खेल देउमाइ नगरपालिका स्तरिय फुटबल टिमको  छनोट का लागि समेत आयोजना गरिएको र प्रत्येक वाडका खेलाडी समेटेर नगर स्तरिय मजबुत फुटबल टिम बनाउने देउमाइ नगर खेलकुद बिकास समिति संयोजक रणवीर योङ्हाङ्ले बताउनु भयो । खेलको प्रत्यक्ष प्रसारण माइपोखरी न्युजबाट गरिएको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता