रोङको फुटबल खेलमा भेनस सुन्दरपानी बिजयी

रोङ , २५ फागुनः रोङ गाउँपालिकाको वडा नं ४ पहरी गाँउमा गत फागुन १० गतेबाट  पहरी गाँउ खेलकुद बिकास समितीको आयोजनामा संचालन हुँदै आएको  फुटबल खेलको हिजो एक कार्यक्रम बिच समापन  खेल सम्पन्न भएकोछ। इलाम र झापाका  जम्मा १७ वटा फुटबल टिमको सभागीता रहेको खेलको विजेता भेनस सुन्दरपानी विजयी बनेको छ। बुद्ध शान्ति झापको  भोटेटार फुटबल क्लबलाई २ का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै सुन्दरपानी विजयी बनेको हो।
 विजेता टिमले नगद रू ५१ हजार र उपविजेता टिमले नगद रू ३१ हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उक्त खेलको प्रथम पुरस्कार इलामका समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खडकाले सहयोग गर्नु भएको थियो । उहाँका प्रतिनिधी शिवकुमार थापाद्वारा बिजयी टिमका टिम म्यानेजर बिशाल सुनवार र कप्तानलाइ उपल्बध गराइएको थियोे । 
कार्यक्रममा रास्ट्रिय वन पैदावार इलामका अध्यक्ष रोहत खडका सुर्योदय नगरपालिका खेलकुद संघका अश्ध्यष सुरेन्द्र पौडयाल वडाध्यक्षह सुवास तामाङ ,एफाका केन्द्रीय सदस्य निरोज खड्गी ,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम पहरी गाउँ खेलकुद विकास समितिका अध्यक्ष भरत राइको अध्यक्ष्यतामा सम्पन्न भएको थियोे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता