इलाम नगरपालिका विरुद्ध अन्तरिम आदेश जारी

इलाम, ११ चैत्रः इलाम नगरपालिका विरुद्ध उचअदालत विराटनगर इलाम इजालसले अन्तरिम आदेश जारी गरेको छ । इलाम नगरपालिका १२ मा रहेको साङरुम्बा माविका प्रधान अध्यापक मातृका प्रसाद विश्वकर्मालाई इलाम नगरपालिकाले निष्काशन गरे पछि उनले उच्च अदालतमा रिट निवेदन दिएका थिए ।  उच्च अदालको १० गतेको न्यायाधिश विरेन्द्र कुमार कर्णर न्यायाधिश तेज नारायण सिंह राईको संयुक्त इजालसले उत्प्रेषणयुक्त प्रतिषेद जारी गरेको हो । 
इलाम नगरपालिकाले गत फागुन २७ गते विश्वकर्मालाई प्रधानाध्यपकबाट निस्कासन गर्दै सोही विद्यालयका माध्यमिक तहका अस्थायी शिक्षक नेत्र तामाङलाई प्रधानाध्यपकमा नियुक्ति गरेको थियो ।
यस अघि देखिनै नगरपाकिलाले विश्वकर्मालाई १ वर्ष अगाडि आर्थिक हिनामिना गरेको  भन्दै विद्यालयको खाता रोक्का गर्ने साथै उनको ८ महिनासम्म तलब रोक्का गरेको थियो । नगरपालिकाले हाल तलव रोक्का फुकुवा गरे पनि विद्यालयको खाता भने फुकुवा गरेको छैन । 
विश्वकर्माले दिएको रिटको सुनुवाई गर्दै मुद्धाको किनारा नलागे सम्म नगरपालिकाले गरेको  निर्णय कार्यन्वयन नराउनुु निवेदकलाई निमित्त प्रधानाध्यापकको रुप्मा काम गर्न दिनु भनि नगरपालिकाको नामा अन्तरिम आदेश जारी गरेको हो ।
नगरपाकिलको यस्तो कार्यले गर्दा विद्यालयको पठनपाठन तथा अन्य दैनिक क्रियाकलापमा समेत धेरै असर परिरहेको विश्वकर्माले जानकारी गराए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता