झापा गोल्डकपमा खेलाडीलाई दुर्घटना बिमा प्रिमियर इन्सुरेन्समा

बिर्तामोड, २० फागुनः मग मग झापा गोल्डकपमा सहभागी हुने खेलाडीको दुर्घटना बिमा गरिएको छ ।आयोजक झापा गोल्डकप र प्रिमियर इन्सुरेन्स कम्पनी नेपालबीच खेलाडी तथा अफिसियलको दुर्घटना बिमाबारे सम्झौता भएको हो । 
सम्झौताअनुसार प्रत्येक खेलाडी तथा अफिसियलका लागि ५ लाखका दरले बीमा गरिएको आयोजकले जनाएको छ ।प्रिमियर इन्सुरेन्सका तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेती ९सन्तोष० र आयोजकका तर्फबाट महासचिव तथा सचिवालय संयोजक गजेन्द्र पौड्यालबीच दुर्घटना बिमासम्बन्धी सम्झौता भएको हो । 
प्रतियोगिता अवधिभर २२० जना खेलाडीको दुर्घटना बिमा गरिएको हो ।सम्झौतामा कम्तिमा एक लाख रुपैयाँ गोल्डकपलाई स्पोन्सर गर्ने सहमति भएको छ । त्यस्तै, एक लाखभन्दा बढी भएमा जुन बढी हुन्छ त्यसको ५० प्रतिशत स्पोन्सरस्वरुप प्रिमियरले आयोजकलाई बुझाउने सहमति भएको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता