इलामका गायक मिलन बम्जनको नयाँ गीत बजारमा (भिडियो सहित)

इलाम, १९ फागुनः इलामका गायक मिलन बम्जनको नयाँ गीत बजारमा आएको छ । पर्खेकी हौली बोलको सो गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालले बजारमा ल्याएको हो । लामो समयसम्म वैदेशिक रोजगारको क्रममा विदेशिएका मिलन कुटीडाँडाका स्थानीय हुन् । विदेशबाट काठमाण्डौं फर्किएपछि काठमाण्डौ बसेर संगीतमा साधनारत मिलनको गायन रहेको सो गीतमा सौगात बस्नेत र विनिता गुरुङको अभिनय रहेको छ भने नविन कार्कीले संगीत भरेका छन् । सुजन क्षितिज राई र जुन श्रद्धाले लेखेको यस गीतको सुमन केसीले  एरेञ्ज गरेका हुन् । मुभी फ्याक्ट्रीको पोष्ट प्रोडक्सन र अनित गुरुङको प्रोडक्सन रहेको यस गीतको भिडियो सत्यम राना र अनित गुरुङले इडिट गरेका हुन् भने गुरुङलेनै गीतको म्युजिक भिडियोको निर्देशन समेत गरेका हुन् ।
हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता