झापा गोल्डकपः पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा


झापा, २२ फागुनः विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३—० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब जारी चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक तेस्रो क्वार्टरफाइनल खेलमा निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा गोलरक्षक एलन न्यौपाने नायक बन्दा थ्रीस्टार अन्तिम चारमा पुग्न समय भयो ।
टाइब्रेकरमा पुलिसका विराट शाह र अजित भण्डारीको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए । थ्रीस्टारका तर्फबाट विजय धिमाल, बुद्धराज लिम्बु र रुपेश केसी गोल गर्न सफल भए । पुलिसका रवि पासवानको प्रहार बाहिरीएको थियो । खेल अवधीभर दुवै टिमले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलमा म्यान अफ दी म्याच थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार रुपन्देही ११ एफसी र दाफिन्स फुटबल क्लब क्यामरुनबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता