रोङमा जलबायु परिवर्तनको प्रभावबारेमा जनप्रतिनिधिहरुलाई अभिमुखिकरण


  • गोबिन्द पौडेल 

रोङ २२ फाल्गुनः इलामको रोङमा जलबायु परिवर्तनको प्रभावबारेमा जनप्रतिनिधिहरुलाई दुइदिने अभिमुखिकरण कार्यक्रम आज सकिएको छ ।
रोङ मौरी  विकास केन्द्र किटेनीको आयोजना र रोङ गाउपालिकाको सहयोगमा भएको सो कार्यक्रममा रोङका सबै जनप्रतिनिधिहरुर सहभागिता रहेको थियो भने तालिममा जलबायु परिवर्तनले कृषि क्षेत्रमा परेको असर र नेपाल सरकारको निति बारेमा कृषि ज्ञान केन्द्र इलामका प्रमुख राम सोग्रथ शाह ,बिषदी रहित अगेनिक खेती प्रबृधि संबन्धमा हिमालयन एग्रीकल्चर नेपालका प्रदिप घिमिरे रजलबायु परिरवर्तनका बारेमा काडमाण्डौ बिश्व बिद्यालका  सुसान्त आचार्यले सहजीकरण गर्नु भएको थियो ।
 दिगो बिकास र मानव स्वास्थ्य र बातावरणको जगेर्नामा जलबायु परिवर्तनबाट परेको प्रभावलाइ न्युनिकरण गराउन  गाउ पालिकाले गर्ने बिकास निमार्ण र भाबि रणनितिको लागि सहयोगी बनोस भनेर यो कार्यशाला गरिएको मौरी बिकास केन्द्र किटेनिका प्रमुख कुमार मोक्ताने बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता