झापा गोल्डकपः थ्री स्टारलाई हराउँदै झापा ११ फाइनलमा प्रवेश

झापा, २४ फागुन । थ्री स्टार फुटबल क्लबलाई ट्राइबेकरमा ३/ १ गोल अन्तरले पराजित गर्दै आयोजक झापा ११ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार सम्पन्न अत्यन्तै प्रतिष्पर्धात्मक पहिलो सेमिफाइनल खेलको निर्धारित ९० मिनेट गोल रहित बराबरीमा सकिए पछि १५ मिनेट समय थप गरिएको थियो ।
थप गरिएको १५ मिनेट पनि गोलरहित समाप्त भएसँगै खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा झापाका देवेन्द्र तामाङ्, दिनेश थापा मगर र पुजन उपरकोटीले गोल गरेका थिए । थ्री स्टारका लागि रञ्जित धिमालले मात्र गोल गर्न सफल भए ।
खेलमा म्यान अफ दी म्याच विजेता टोली झापाका गोलरक्षक दिनेश थापा मगर घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । शनिवार दोस्रो सेमिफाइनल खेल बिभागीय टोली त्रिभुवन आर्मी क्लब र दाउफिन्स फुटबल क्लब क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता