इलामका युवालाई रेफ्री तालिम (तस्वीर सहित)

इलाम, २५ फागुनः इलाम सदरमुकामको ठूलो टुडीखेलमा रेफ्री तालिम शुक्रबारदेखि शुरुभएको छ ।  जिल्लाका युवाहरुलाई सीप प्रदान गर्नको लागि जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबो संयुक्त आयोजनामा तालिम दिन शुरु गरेको हो । 
तालिममा इलाम जिल्लाका १० वटा स्थानीय तहका ३२ जना युवाहरु सहभागि रहेका छन् । चार दिन सम्म सञ्चालन हुने तालिम पूर्व फिफा रेफ्री श्रीराम रञ्जीतकार, पूर्व फिफा रेफ्री लब खत्री, पूर्व फिफा सायक रेफ्री शैलेस श्रेष्ठ र एन्फा सायक रेफ्री रोजेन श्रेष्ठले दिई रहेको जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठले बताए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता