माईभ्याली गोल्डकपको लागि श्रृङगारीदै टुडीखेल (फोटोफिचर)

इलाम, २२ फाल्गुनः पूर्वी पहाडको प्रतिस्ठित इलाममा सञ्चालन हुने पाचौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको लागि इलामको ठूलो टुडीखेल तयारी भईरहेको छ । प्यारा पिट निमार्ण, स्टेज, मैदानको वरिपरी वेरा लगाउने काम र विज्ञापनका होडिङ बोर्ड लागउने काम भई रहेको छ । 
आयोजक माईभ्याली फुटबल क्लव, नेपालका एडिभिजन क्लवहरु थ्रीस्टार, हिमालय शेर्पा, त्रीभूवन आर्मी, नेपाल पुलीस, एपिएफ र मोफोसलको मेची नेत्रलय झाप रहेका छन् भने विदेशी टीमा युनाइटेड क्लव दार्ज्लििङ, भारत, दाउफिन्स क्लव क्यामरुन र नेप्लीज फुटबल एकाडेमी हङकङ रहेका छन् । 
खेलमैदानकाको मर्मत र प्यारापिट निमार्णकोलागि धेरै खर्च हुने गरेको र एन्फाको क्यालेण्डर नमिलेको कारणले प्रतियोगिता समेत सार्नु परेको माईभ्याली फुटकल क्लवका अध्यक्ष धिरेन चेम्जोङले वताए । साविक विजेत मनाङ  र इलामेले मनपाराएको झापा ११ भने यो पटक प्रतियोगितामा समावेस रहेका छैनन् । उनले मनाङ र झापा ११ नभए पनि अरु राम्रा टीमहरु रहेको पनि वताएका छन् ।
फागुन २६ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र  ५ गते हुने छ ।
विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।









प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता