पावर हाउस दाउफिन्स विरुद्ध रुपन्देहीको इतिहास बदलिएला ?


  • नमीन ढकाल

विर्तामोड, २३ फागुनः ६ सहभागीता ३ उपाधी पछिल्लो समयमा नेपाली घरेलु फुटबलमा क्यामरुनी क्लब दाउफिन्सले हात पारेको सफलता । नेपाली फुटबलमा छोटो समयमा पाहुना टोलीले आफुलाई पावर हाउसको रुपमा उभ्याउन सफल भएको छ ।
सोही टिम झापा गोल्डकपमा समेत खेल्दैछ ।  अन्तिम समयमा लिग लिडर मनाङ मस्याङदी क्लबले सहभागीता रद्ध गरेपछि मगमग झापा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा डाउफिन्सले लाली रुपन्देहीको सामना गदैैछ । डोमलाल राजवंशी रंगशालामा हुने खेलमा दाउफिन्स विरुद्धको पछिल्लो इतिहास बदल्ने रणनितीमा रुपन्देही हुनेछ । चालु सिजनमा १ पटक आमने सामने भएका २ टोलीबिच झापामा इतिहास बदल्ने एउटा अवसर बन्न सक्छ । २१ औ संस्करणको तिलोत्तमा गोल्डकपमा सुनसरी–११ लाई टाइव्रेकरमा हराएर सेमीफाइनल पुगेको रुपन्देहीलाई हराउदै दाफिन्स फाइनलमात्र पुगने प्रतियोगिताको उपाधी समेत चुम्न सफल बन्यो । दाफिन्स टिमलाई सहभागी नगराउने बताउँदै आएका झापा गोल्डकप आयोजक समितीका संरक्षक जलकुमार गुरुङले अन्तत डाफिन्सलाई सहभागी गराउनुप¥यो ।
गत माघ पहिलो साता सम्पन्न सुदुरपश्चिम खप्तड गोल्डकपको तेश्रो संस्करणमा सहभागीताका लागी आमन्त्रण गरिएको क्यामरुनी क्लब दाउफिन्स छोटो समयमा नै नेपाली फुटबलमा बेग्लै ब्रान्ड बन्न थालेको छ । एकपछि अर्को गर्दै दाउफिन्सले २१ औ तिलोत्तमा जित्दै उपाधीमाथी ह्रयाट्रिक नै जमायो । अग्ला र बलिया कदका अफ्रिकी खेलाडी तुलनात्मक रुपमा रुपन्देहीका खेलाडीहरुको लागी चुनौती बनेका छन । पहिलो र दोश्रो सहभागीतामा खासै सम्झन लायक प्रर्दशन नगरेको टिम त्यसपछिका हरेक प्रतियोगितामा घरेलु फुटबलका पावरहाउहरुको लागी उपाधी बाधक बन्यो । 
प्रशिक्षक बिना नै मोफसलको प्रतियोगिता खेल्दै आएको दाउफिन्स टिमलाई स्थानिय संयोजकको रुपमा आशिक थापा मगर रहेका छन । आजको खेलको बिजेता टिमले त्रिभुवन आमी विरुद्ध सेमीफाइनल खेल्नेछ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता