सूर्योदयनगरपालिकाको कन्याममा महिलाहरुको लागि उद्घोषण तालिम सम्पन्न

कन्याम, २४ फागुनः सुर्योदयनगरपालिका ७ कन्याममा बिहीबार ३ दिने उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ   । सूर्योदयनगरपालिका वडा न ७ को आयोजनामा वडाका महिला हरुको लागि केन्द्रीत गरेर तालिम आयोजना गरिएको हो । गत फगुन २१ गते बाट सुरु भएको तालिमको आज समापन समाहरोह वडा न ७ का वडा अध्यक्ष लेखनाथ खड्काको अध्यक्षता वडाकार्यलयको सभाहलमा सम्पन्न  तालिमको समापन सत्रमा वडा सचीव किशोर कुमार अधिकारी , मेलमिलाप कर्ता सम्योजक तथा नगरस्तरीय मेलमिलाप समिती सदस्री डम्बर कट्टुवाल ,महिला बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष हेमन्त पौडेल,सहकारीको ब्यवस्थापक बिपुला आचार्य सहब्यवस्थापक राधा कट्टुवाल नेपाल,स्वस्थ्य चौकी इन्चार्ज सृजना खालिङ,  लगायतको सहभागिता रहेको थियो ।
सबै अतिथिहरुले तालिमले महिला हरुको क्षमता विकासमा टेवा पुग्ने विस्वास व्यक्त गर्दै सिकेका कुरा लाई व्यवहारमा उत्तारन आग्र गर्नु भयो  ।
२० जना महिलाहरुको सहभागीता रहेको  तालिममा नेपाल पत्रकार महासघ इलामको पुर्व उपाध्यक्ष , रेडियो फिक्कल,  रेडियो नेपाल इलाम रिपोर्टर तथा विभिन्न मिडियामा आबद्ध पत्रकार राजकुमार दहालले प्रशिक्षण दिनुभएको थियो । 
वडा अध्यक्ष खड्काले वडाका महिला दिदीबहिनी हरुलाई उद्घोषणकला सिकाउदै आफनो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको बताउनु भयो । आगामी बर्षपनि विभिन्न सिपमुलक तालिम तथा महिलाहरुको लागि कार्यक्रम ल्याउने बताउनु भयो ।  खड्काले  उद्घोषण तालिमले एकै पक्षमा मात्र नभएर धेरै कुरामा सहयोग गर्ने तथा मानिसलाई फर्वाड बनाउने हुदा तालिम आयोजना गरिएको बताउदै प्रशिक्ष दहालले निक्कै मेहनतका साथ तालिम दिएको आफुले पाएको भन्दै धन्यवाद दिनु भयो ।  
वडा सचीव अधिकारीले उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमता लगायतको विकास गर्ने भएकोले तालिम आयोजना गरिएको जानकारी दिदै प्रशिक्षक दहाल तथा सहभागी लाई धन्यवाद दिनु भयो । मेलमिलाप समिती संयोजक कट्टुवालले यसरी उद्घोषण कलाबारे तालिम लिन पाउनु भग्यको कुराभएकोले बहुउपयोगी तालिमको आयोजना गरेकोमा वडालाई धन्यवाद दिनु भयो । महिला बहुउद्देश्यीय सहकारी का अध्यक्ष निरौलाले महिलाहरू पछाडी परिरहेको अवस्थामा यस्तो तालिमले महिलाको चौतर्फी बिकासमा टेवा पुग्ने बताउनु भयो  ।प्रशिक्षक दहालले उद्घोषण पत्रकारिता नेतृत्व विकास लागायतको वेसिक ज्ञान आफुले दिने कोसिस गरेको र सिकेका कुरालाइ व्यवहारमा उत्तार्ण आग्रह गर्दै यस्तो राम्रो अवसर आफुलाई प्रदान गर्नु भएकोमा वडा अध्यक्ष तथा वडा परिवारलाई धन्यवाद दिनु भएको छ  । तालिममा सहभागी महिलाहरुको तर्फबाट बोल्दै माया लिम्बुले प्रशिक्षक दहालले अत्यन्तै सरल र व्यवारिक रुपमा ज्ञान दिएको बताउदै यस्तो अवसरको लागि वडा न ७ परिवारलाई धन्यवाद दिनु भयो ।
 वडाले यस्तो तालिमको आयोजना गरेर आफुहरुको क्षमता विकासमा सहयोग गरेको भन्दै वडा अध्यक्ष वडा सदस्यहरु वडा सचिव तथा वडा परिवारलाई सहभागीहरुले धन्यवादव दिएका छन ।कार्यक्रम सामुदायिक सहजकर्ता सर्मिला थापाले सन्चालन गर्नु भएको थियो । दुइदिने तालिम भएको भएपनि वडाले एक  दिन समय थप गरेको हो  । सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक पत्रकार दहाललाई कदरपत्रको साथ सम्मान गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता