अप्रिल फुल, प्रशस्तै ढाट्नेको हुल, ढाट्नेका कुरा पत्याए हुनसक्छ तपाइको भुल, शुरु कसरी भयो र क भनेर ढाटिन्छ?


  • बिमल अधिकारी

चैत्र १८ इलाम: आज अङ्ग्रेजी महिना अप्रिलको पहिलो दिन अर्थात अप्रिल फस्ट हो। आजको यो दिनलाइ ढाट्ने दिन, मुर्ख दिवस आदिका नामले चिनिन्छ।
यो दिनमा मानिसहरुले आफ्ना साथिभाइ छरछिमेक नातागोता, आदि सग विविध बहानापारी झूट बोलेर हाँसिमजाक गर्ने गरेको  पाइन्छ। फोन गरेर एसएमएस गरेर खबर पठाएर साथै प्रत्यक्ष भेटेर ढाट्ने र मूर्ख बनाउने गरेको पाइन्छ। 
'फलानोले भनेको जा अरे, तल्ला घरको ले बोलाउदैछन, आज यस्तो हुने अरे, बेशिमा वा बारिमा गाई बाख्रा फुकेर अर्काको बाली खादैछन, तेरोमा लागेन अरे फलानु लाई फोन गर अरे, फलानु को फलानु बित्यो अरे ' लगायतका उट्टिप्ट्यास बहाना बनाइ ढाट्ने चलन रहि आएको छ। 
अप्रिल फुल अर्थात् मुर्खा दिवस किन मनाउन थालियो भन्ने कुनै खास प्रमाण नभेटिएपनी बोस्टन युनिभर्सिटीका प्राध्यापक जोशेफ बस्किनका अनुसार रोमन राज्यमा कन्स्टेन्टाइन शासन रहेको बेला आजकै दिन कैदी र अपराधी हरुलाइ एकदिनको लागि राज्य चलाउन दिइएको थियो ।यसैको सम्झनामा यो दिवस मनाइन्छ भन्ने बिश्वास पनि रहेको छ। पश्चिमा मुलुकहरुमा धेरै अगाडि अप्रिल १ तारिकलाइ  मानिसलाई मूर्ख बनाउने दिन भनेर शुरूवात गरिएको बुझिन्छ। यहि परिपेक्षमा यो दिनले अहिले विश्वभरीनै स्थान पाएको छ । विशेषत  टिनएजर्सलाई यो दिवस विशेष रुपमा लाग्ने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको देखिन्छ । यस्ले कहिलेकाही नराम्रा घटना हरु समेत निम्तिएका देखिन्छन। रमाइलोको रुपमा सिमित र धेरै असर नगर्ने गरि दिवस मनाउनु पर्ने देखिन्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता