राहसलका बालबालिकालाई भालुढुङ्गा होमस्टेले एक दिनको खाना साथै भालुढुङ्गा अवलोकन गरायो (भिडियो सहित)

इलाम, २९ चैतः इलामको गोलाखर्कका रहेको राहसल बाल अनाथालयका १५ जना बालबालिकालाई आज भालुढुङ्गा कम्युनिटी होमस्टेले एक दिनको खाना खुवाएको छ । विहान भालुढुङ्गा पर्यटन विकास समितिले गोलाखर्क गएर बालबालिका लिएर आएको थियो र विहान वेलुकाको खाना र भालुढुङ्गगा वरिपरिका पर्यटकिय स्थलहरुको अवलकन गराएको छ । कर्यक्रमको आयोजना भालुढुङ्गा पर्यटन विकास समिति र भालुढुङ्गा कम्युनिटी होसस्टेले संयुक्त रुपमा आयोजना गरेको हो ।
हेर्नुहोस भिडियोमा

इलाम सदरमुकाम नजिकै रहेको भालुढुङ्गामा अहिले पर्यटकहरुको आगमन पनि राम्रो हुन थालको छ । एक दिन भए पनि सामाजिक काम गरौँ र बालबालिकाको खुसीमा सामेल हुन पाउँ भनेर उक्त कार्यक्रम आयोजना गरेको समितिले जाकारी गराएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता