भालुको मुखको आकृतिको प्रवेशद्वार बनाएसँगै भालुढुङ्गामा पर्यटकको अकर्षण बढ्दो


इलामः इलामको पर्यटकीय स्थल भालुढुङ्गामा भालुको मुखको आकृतिको प्रवेशद्वार बनाएसँगै पर्यटकको आकर्षण वढेको छ । इलामको नयाँ पर्यटकीय गन्तव्यको रुपमा रहेको भालुढुङ्गगा इलाम बजारबाट नजिकै रहेकोले पनि इलाम पुग्ने पर्यटकहरु भालुढुङ्गगा सहजै पुग्न सक्छन् । 
इलामको ऐतिसिक चिया बगानको सुन्दर दृष्य अवलोकन गर्दै भालुढुङ्गा पुग्न सकिन्छ । गाउँको वतावरणमा रमाउनेहरुको लागि होमस्टेको समेत व्यवस्था रहेको भालुढुङ्गा जाने पर्यटकहरुलाई खाने वस्नेको पनि राम्रो व्यवस्था रहेको छ ।  
भालुढुङ्गामा रहेको गुफा भित्र पसेर ४/५ जना मानिस वस्ने सकिन्छ । 
केही वर्षयता भालुढुङ्गामा पर्यटकको संख्यामा बृद्धिभएको र भालुको मुखको अकृतिको प्रवेशद्वार बनाए सँगै मानिसहरुको भिडभाड लाग्ने गरेको स्थानीय उमेश गौतम वताउँछन् । उनले भने अहिले त  फोटो फ्रेममा फोटो खिच्नेको पनि भिडलाग्ने गरेको छ । 
भालुढुङ्गा वरीपरी अहिले पिक्नीक स्पोट र मनोरम दृष्य अवलोकन गर्न सकिने भएको छ । पर्यटकहरुले नजिकैको जंगलमा बन्यजन्तु अवलोकन समेत गर्न सक्ने छन् । 
भालुढुङ्गामा पर्यटकहरुको संख्यामा वृद्धि भए सँगै यहाँका वासिन्दाको जीवनस्तरमा वृद्धि भएको स्थानीय मन्दिरा पराजुली वताउँछिन ।
भालुढुङ्गा नजिकै रहेका होमस्टेमा पर्यटकहरुले स्थानीय परिकारका खानेकुरा खान पउनेछन् र इलामको गाउँले वातावरणमा रमाउन पनि पउने छन् । पर्यटकहरुको लागि भालुढुङ्गा पर्यटन प्रवर्धन समितिले विभिन्न ठाउँमा वस्नको लागि वस्ते ठाउँ पनि बनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता