बैशाख ५ देखि इलाम अस्पतालमा निःशुल्क आँखा शिविर

इलाम, ३ बैशाखः इलाम अस्पतालमा बैशाख ५ गते देखि ७ गते सम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । शिविरमा सामान्य आँखा जाँच देखि मोतियाविन्दुको निशुल्क शल्याक्रिया समेत गरिने आयोजक संस्थाका सहसचिव प्रकाश भट्टराईले जानकारी गराए । आँखा शिविर नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलामको आयोजना, विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोग तथा  इलाम नगरपालिका र सामुदायीयक प्रहरी साझेदारी कार्यक्रमको आयोजनामा हुने भएको हो ।
इलाम जिल्लाका आँखाका रोगिहरुलाई सेवा पु¥याउने उद्देश्यका साथ सो आँखा शिविर सञ्चालन हुन लागेको हो ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता