- जीवन लिम्बू,
गायक समिर सिंगक र मेलिना राईको आवाजमा रहेको ‘फेवा तालैमा’ बोलको भिडियो सार्वजनिक भएको छ । भिडियो युमा आर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । प्रकाश थुलुङको शब्द रचना र मन थुलुङको कम्पोज रहेको यो गितको भिडियोमा पत्रकार टीआर सेनेहाङ, चन्दा ईवाहाङ कुरुम्बाङ र शिखा पयाङगोले मुख्य अभिनय देख्न रहेको छ ।
देउ कृष्ण देवान लिंखा याख्खाको निर्देशनमा निर्मित निर्माण गरिएको म्यूजिक भिडियो सुरेन सेनेहाङले खिचेका हुन् । तेह्रथुमको बिभिन्न पर्यटकिय क्षेत्रहरुमा छायाङकन गरिएको भिडियोमा असोक मण्डलको श्रृगार र ओम फेदपले सहायक क्यामेरामेनको रुपमा काम गरेका छन् । पुर्वेली सामाजिक परिवेशको कथावस्तुलाई समेटेर तयार पारेको यो भिडियो दर्शकहरुले निकै मन पराएका छन् ।