विप्लव समूहका मेची ब्युरो सदस्य तथा जिल्ला सदस्य पक्राउ

इलाम, २ बैशाकः नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम जिल्ला चुलाचुली गाँउपालिका प्रमुख तथा जिल्ला सदस्य ताप्लेजुङ साब्लाखु–४ बस्ने असल पन्दाक र मेची ब्युरो सदस्य,तल्लो सेक्रेटरी प्रमुख तथा इलाम बिशेष ब्युरो इन्चार्ज इलाम देउमाई नगरपालिका वडा नं. ७ सिद्धिथुम्का बस्ने जितमान राई (मौसम) रहेका छन् ।
 उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाम तथा झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका१ होटल फिक्कलबाट मिति २०७५ साल चैत्र २९ गते पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा  राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता