गाउँमा ११ /१२ कक्षा सञ्चालनकाे उदेश्यले अयोजित पुराण बाट सन्ताउन्न लाख संकलन


  • बिमल अधिकारी 

इलाम, २ बैशाखः  एस.इ.इ पास गरे पछि माथिल्लो कक्षा पनि गाउमै अध्ययन गर्न पाए कस्तो हुन्थ्यो होला? यो सपना हो हिलिहाङ गाउपालिका ४ पाचथरका स्थानीयबासिको। आफ्नो छोराछोरीले दस कक्षा पास गरेपछी त्यहाका अभिभावक लाइ अनेकन चिन्ता पर्न थाल्थे , अब माथिल्लो कक्षा मा पढाउन कहाँ पठाउने, कति खर्च लाग्छ, धाउनु पर्ने हो कि उतै राख्नु पर्ने हो आदि त्यादी। दुई अढाई घन्टा लाएर अमरपुर, गोपेटार लगायत का बिधालयमा जानू पर्ने बाध्यता थियो । 
गाउँमै पढ्न पाए हुन्थ्यो भन्ने ठूलो सपना बोकेका थिए त्यहा का अभिभावक र बिद्यार्थीले।  तर यो सपना अब सपनामा मात्र सिमित रहेन। गाउमा शिक्षाको उज्यालो छर्न महायज्ञ को आयोजना गरियो र महायज्ञ बाट त्यो सपना साकार  हुदैछ। 
पाचथरको हिलिहाङ गाउपालिका वडा न ४ पन्चमी स्थित श्री सिद्ध माबीमा ११/१२ कक्षा संचालनको महान उदेश्य राखि गत चैत २३ गते बाट श्रीमद्भागवत सप्ताह अन्नपूर्ण पुजा ज्ञानमहायज्ञको आयोजना गरिएको थियो । उक्त महायज्ञ बाट सन्ताउन्न लाख भन्दा माथि रकम संकलन भएको छ।
 हिलिहाङ गाउपालिका, बिध्यालयका सस्थापक सदस्यहरु, स्थानीय बासी र देश तथा बिदेशका सहयोगी हरुले उक्त रकम बिद्यालय को लागि प्रदान गरेका हुन। भौतिक पुर्बाधार, शिक्षक, प्रशासनिक लगायत का अन्य बिबिध कुरा हरुको ब्यबस्थापन पश्चात् आगामी श्रावण १ गते बाट उक्त बिधालयमा कक्षा ११ सन्चालन गर्ने पुराण आयोजक समिती का अध्यक्ष जीवन गिरिले बताउनुभयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता