देउमाई गोल्डकपको खेल तालिका सर्वजनिक

इलाम, २ बैशाखः नेपाल आईस देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको खेल तालिका सर्वजनिक गरेको छ ।  इलामको देउमाई नगरपालिकामा यहि बैशाख ७ गतेबाट नेपाल आइस देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७५ शुरु हुँदै छ । 
त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालका ७ वटा टीम र विदेशी १ टीमले सहभागी जनाउने प्रतियोगिता देउमाई नगरपालिकाको छात्रावसको खेलमैदानमा खेल हुने छ । 
प्रतियागितामा काठमाण्डौको फेन्च क्लब, न्युस्टार सुनसरी, रेडस्टार विर्तामोड, उलाबारी फुटबल क्लब, सिक्कीम युनाईटेड भारत, मुनाल क्लब चन्द्रगढी, रेड हर्स इलाम र आयोज टीम कन्फम रहेका छन् । प्रतियोगिताको विजेता टिमले २ लाख २२ हजार २सय २२ रुपयाँ तथा ट्रफि मेडल प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी गराए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता